रारामा आन्तरिक पर्यटकले भरिएपछि बुकिङ गरेर जान व्यवसायीको अनुरोध


काठमाडौँ – दशैँ सकिएलगत्तै नेपालीहरू विभिन्न गन्तव्यमा घुम्न पुगेका छन्। प्रायः सबैजसो पर्यटकीय गन्तव्यहरू यतिबेला स्वदेशी पर्यटकले भरिभराउ छन्।

मुगु जिल्लामा रहेको रारा तालमा पर्यटकको संख्या बढेसँगै बुकिङ गरेर मात्र जान व्यवसायीहरूले अनुरोध गरेका छन्।पर्यटकीय सिजन र चाडपर्व चलिरहेकाले बिदाका समयमा रारा घुम्ने पर्यटकको संख्या ह्वात्तै बढेपछि व्यवसायीहरूले यस्तो आग्रह गरेका हुन्।

कर्णाली पर्यटन उद्यमी समाजकाअनुसार रारामा हाल दुई सय जना बस्न मिल्ने क्षमताका रेष्टुरेन्ट छन्। क्षमताभन्दा बढी पर्यटक पुगेपछि व्यवस्थापनमा समेत समस्या भइरहेको बताइएको छ।

रारा इको रिसोर्टका सञ्चालक समेत रहेका रोकायाका अनुसार अहिले रारा घुम्न दैनिक सात सयभन्दा बढी आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन्।

प्रतिक्रिया