

टी-ट्वान्टी त्रिकोणात्मक सिरिज: आज नेपाल र हङकङ भिड्दै

काठमाडौं – टी-ट्वान्टी आई त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दैछ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने खेल विहान ११ बजे सुरु हुनेछ । सिरिजका सुरुवाती दुई खेलमा सहज जित हात पारेको घरेलु टोली लगातार तेस्रो खेल जित्दै फाइनलमा स्थान सुरक्षित गर्ने योजना हुनेछ।
नेपालले पहिलो खेलमा यूएईलाई ७ विकेट र दोस्रो खेलमा हङकङविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो।
हङकङ अघिल्लो खेलमा घरेलु टोलीविरुद्ध बेहोरेको हारको बदला दिने रणनीतिमा हुने छ।
म्याच विनरहरुले भरिएको नेपाल उत्कृष्ट लयमा छ। कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ल फर्ममा छन्।
नेपालमै हुने टी-ट्वान्टी विश्वकप छनोट खेलको तयारीका लागि सिरिज आयोजना गरिएको हो।

