
असनबाट प्रहरीले उद्धार गरेका दुई भरियाको मृत्यु
काठमाडौं – काठमाडौंको असन क्षेत्रबाट सिकिस्त अवस्थामा प्रहरीले उद्धार गरेका दुई भरियाको मृत्यु भएको छ।
महानगरीय प्रहरी वृत्त जनसेवाले शुक्रबार बिहान उनीहरुलाई उद्धार गरी अस्पताल पुर्याएको थियो । तर, उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो।
जनसेवा वृत्त प्रमुख डिएसपी भेषराज रिजालका अनुसार मसान गल्ली र असन क्षेत्रमा ती दुई मजदुरलाई सिकिस्त अवस्थामा भेटिएका थिए । मृत्यु हुनेमा दोलखा कालिन्चोकका ५४ वर्षीय पूर्णबहादुर थामी र अन्दाजी ३५ वर्षका अर्का एक युवक रहेका छन्।



कागजपत्र |
