

भिजन लुम्बिनी ऊर्जाले कात्तिक १६ मा आईपीओ निष्कासन गर्दै

काठमाडौँ – भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले १६ कात्तिकदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरू, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरूलाई बाँडफाँट गरी बाँकी रहेको सेयरसहित २० लाख ७५ हजार २८५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।
प्रभावित क्षेत्रका बासिन्दाहरू, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरूलाई बाँडफाँट ४ लाख ८७ हजार ९१० कित्ता सेयर बाँकी रहेको थियो ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । आइपीओका लागि कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछ ।

