


राष्ट्रपतिद्वारा एनआरएनएको ११औँ महाधिवेशनको उद्घाटन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ महाधिवेशनको उद्घाटन गरेका छन् ।
मंगलबारदेखि काठमाडौंको सोल्टी होटेलमा सुरु महाधिवेशन आउँदो शुक्रबारसम्म चल्नेछ ।
आज र भोलि तेस्रो विश्व ज्ञान सम्मेलन हुनेछ । नयाँ नेतृत्व चयनका निम्ति बिहीबार मतदान हुने एनआरएनएले जनाएको छ ।
अध्यक्षमा चारजनाले उमेदवारी दिएका छन् । एनआरएनएको ११औँ महाधिवेशनमा चार हजार २२७ मतदाता छन् ।

