राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस


काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

सोमबार एक कार्यक्रमका बीच आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले प्रतिवेदन पेस गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांंस्कृतिक मुलुक भएकाले सबै जाति, भाषा, संस्कृति र समुदायका बीचमा सहअस्तित्वका आधारमा आपसी सद्भाव कायम राख्न मुस्लिम आयोग जस्ता आयोगको भूमिका महत्त्वपूर्ण हुने बताए ।

आयोगको मुस्लिम समुदायको हक अधिकार संरक्षणमा गहन र महत्त्वपूर्ण दायित्व रहेको पनि राष्ट्रपति पौडेलले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया