आईसीसी विश्वकप क्रिकेटः पाकिस्तानविरूद्ध भारतको फराकिलो जित


काठमाडौं – आईसीसी विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई हराएको छ । अहमदाबादमा शनिबार भएको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको हो । पाकिस्तानले प्रस्तुत गरेको १ सय ९२ रनको सामान्य लक्ष्य पाकिस्तानले ३० दशमलव ३ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा ग¥यो ।

भारतका लागि कप्तान रोहित शर्माले ८६ रनको शानदार अर्धशतकीय इनिङ्स खेले । उनले ६३ बलमा ६ चौका र ६ छक्काको मदतले सो रन बनाएका हुन् ।

श्रेयस एयरले अविजित ५३ रन बनाएको इनिङ्समा सुभमन गिल र विराट कोहलीले समान १६ रन बनाए । केएल राहुल १९ रनमा अविजित रहे । पाकिस्तानका साहिन साह अफ्रिदीले २ तथा हसन अलीले १ विकेट लिए ।

यसअघि, पहिले ब्याटिङ गरेको पाकिस्तान ४२ दशमलव ५ बलमा १ सय ९१ रनमा समेटियो ।

बाबर आजमले ५० रन बनाएको इनिङ्समा मोहमद रिजवानले ४९ रन बनाएका थिए । ओपनर इमाम उल हकले ३६ रन बनाउँदा अर्का ओपनर अब्दुल्लाह सफिकले २० रन बनाएका थिए । अर्का खेलाडी हसन अलीले १२ रन जोडे । अन्य कुनैपनि खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

भारतका जसप्रीत बुम्राहा, मोहमद सिराज, हार्दिक पाण्डेया, कुलदीप यादव र रबिन्द्र जडेजाले समान दुई दुई विकेट लिएका थिए । विश्वकपको लिग चरणमा दुवै टिम भिडेका हुन् । भारतले तीन खेलमा लगातार जित निकाल्दै ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पाकिस्तान तेस्रो खेलमा आएर भारतसँग हारेको हो । उसले चार अंक छ ।

प्रतिक्रिया