

सिंहदरवारकाे गेटमा रोकेको भन्दै वार्ताका लागि गएका कर्मचारी आक्रोशित

काठमाडौं – वार्ताका लागि गएका स्थानीय तहका कर्मचारीहरू सिंहदरवार प्रवेशमा रोक लगाएको भन्दै आक्रोशित बनेका छन् ।
सरकारले वाताका लागि बोलएपछि दिपक गौतमको संयोजकत्वमा आएको स्थानीय तह कर्मचारी केन्द्रीय सङ्घर्ष समितिको वार्ताटोलीले सिँहदरवार गेटबाट प्रवेश नपाएको भन्दै आक्रोशित भएका हुन् ।
सरकारी परिचय पत्र देखाए पनि स्थानीय तहका कर्मचारीहरूलाई सिँहदरवार प्रवेश गर्न नदिएको वार्तामा सहभागी एक सदस्यले बताए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा वार्ता टोलिका संयोजक कमल भट्टराईले सिंहदरवार प्रवेशमा रोक नलगाएको बताए ।
‘स्थानीय तहका कर्मचारी अहिले सडक आन्दोलन गरी रहेकोले शान्ति सुरक्षाका हिसाबले गृहबाट केही निर्देशन भएको हुन सक्छ तर अहिले हामीले सहजीकरण गरी सकेका छौ,’ संयोजक भट्टराईले भने
आजै मात्र मन्त्रालयले स्थानीय तहका कर्मचारीसँग वार्ताका लागि भन्दै चार सदस्यीय टोली गठन गरेको थियो ।

