

आज बस्ने भनिएको राष्ट्रियसभाको बैठक सर्यो

काठमाडौं – मंगलबारका लागि तोकिएको राष्ट्रिय सभा बैठक सरेको छ।
राष्ट्रियसभाको आजका लागि तोकिएको बैठक राष्ट्रिय शोक परेका कारण स्थगन भएको छ ।
बैठक असोज २६ बिहान ११:३१ बजे बस्ने भएको छ।
इजरायलमा मारिएका नेपालीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्न नेपाल सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको छ ।

