

इजरायलमा सम्पर्कविहीन भएका १२ नेपाली हताहत भएको आशंका : परराष्ट्रमन्त्री

काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमास समूहले गरेको आक्रमणका क्रममा १२ जना नेपाली सम्पर्कविहीन रहेको जानकारी दिएका छन् ।
इजरायलको युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीबारे जानकारी दिँदै उनले आक्रमणमा परी ३ जना घाइते भएको, त्यही क्षेत्रमा रहेका २ जना सकुशल रहेको र बाँकी १२ जना सम्पर्कमा नरहेको जानकारी दिएका हुन् ।
‘इजरायलमा ४५ सय नेपाली केयर गिभरमा, अध्ययनका लागि २६५ जना गएकामध्ये मध्ये कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना अध्ययानका लागि गएका छन्’ परराष्ट्रमन्त्रीले भने, ‘यिनै ४९ जनामध्ये यी मध्ये १७ जना नेपाली दक्षिणा किवुजमा अध्ययन गरिरहेका थिए । जसमा दुई जना सकुशल, दुई तीन जना घाइते भएका छन् । जसको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । १२ जना सम्पर्कमा रहनुभएको छैन । उहाँहरू हताहत भएको हुन सक्ने तर यकिन नभएकोले संयन्त्र परिचालन गरिएको छ ।’

