

हमास-इजरायल द्वन्द्वप्रति चीनद्वारा चिन्ता व्यक्त, तत्काल कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

काठमाडौँ – चीनले इजरायल र हमासबीचको जारी द्वन्द्वप्रति चिन्ता व्यक्त गरेको छ। चीनले दुई पक्षबीच बढ्दो हिंसा र तनावप्रति आफू ‘अत्यन्त चिन्तित’ रहेको बताएको छ।
चीनको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै दुवै पक्षलाई शान्ति, धैर्यता कायम राख्न र नागरिकको ज्यान जोगाउन र स्थिति बिग्रन नदिन तत्काल कारबाही रोक्न आग्रह गरेको छ।
चिनियाँ परराष्ट्र मन्त्रालयले भनेको छ– द्वन्द्व पुनः भड्किएसँगै के स्पष्ट भएको छ भने शान्ति पक्रियाको बाटोमा लामो समयसम्म प्रतिरोध जारी रहन सक्दैन। चीनले इजरायलमा शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायलाई तत्काल कदम चाल्न आग्रह गरेको छ।

