सुनचाँदीको मूल्य आज बढ्यो


काठमाडौँ – सुनचाँदीको मूल्य आज बढेको छ । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले र चाँदी तोलामा २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा आज एक लाख सात हजार ६ सय रुपैयाँ छ ।

अस्ति तोलाको एक लाख सात हजार तीन सय रुपैयाँ थियो । यस्तै, चाँदीको मूल्य आज तोलामा एक हजार तीन सय ३० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया