नेपालले गुमायो चाैथाे विकेट, कुशल मल्ल र रोहित पौडेल एकै ओभरमा आउट


काठमाडौं – सेमिफाइनल प्रवेशका लागि २०३ रनको लक्ष्य पछ्याएको नेपालले ७७ रन बनाउँदा चौथो विकेट गुमाएको छ ।

भारतविरुद्धको खेलमा नेपालले कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल र कप्तान रोहित पौडेल आउट भएका छन् ।

नेपाल अहिले ११ ओभरमा ७७ रन बनाएर खेलिरहेको छ ।

नेपालका लागि कुशल मल्ल २९ रन, कुशल भुर्तेल २८ रन, आशिफ शेख १० रन र रोहित पौडेल ३ रनमा आउट भएका छन् ।

नेपालका लागि अहिले दीपेन्द्र सिंह ऐरी र सन्दीप जोरा ब्याटिङका लागि क्रिजमा रहेका छन् ।

प्रतिक्रिया