हेटौंडामा काठमाडौं जाँदै गरेको बस र जिप ठोक्किँदा ९ जना घाइते


मकवानपुर – हेटौंडामा बस र विंगर जिप एकआपसमा ठक्कर खाई दुर्घटना भएको छ । सोमबार बिहान भएको दुर्घटनामा नौ जना घाइते भएको प्रहरीले जनाएको छ

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पुर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ चुरियामाई नजिकै दुर्घटना भएको हो ।

विरगंजबाट काठमाडौंतर्फ जादै गरेको प्र.२–०३–००१ ज २११ नम्बरको विंगर  र नेपालगंजबाट सिन्धुलीतर्फ जाँदै गरेको ना ७ ख १६४३ नम्बरको बस ठक्कर खाई दुर्घटना भएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । दुवै सवारी तीब्रगतिमा रहेका थिए ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारको लागी हेटौडा अस्पताल ल्याइएको भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया