जग्गा विवादका कारण एकै परिवारका ६ जनाको हत्या


एजेन्सी – भारतको उत्तर प्रदेशमा एकै परिवारका ६ जनाको हत्या भएको छ । प्रदेशको देवरिया जिल्लास्थित रुद्रपुरनजिकै आज बिहान एकै परिवारका ६ जनाको हत्या भएको हो ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार जिल्लाको फतेहपुर गाउँमा जग्गा विवादमा एकै परिवारका ६ जनाको हत्या गरिएको छ ।

समाचारमा जनाइएअनुसार उक्त परिवारको गाउँकै एक व्यक्तिसँग लामो समयदेखि जग्गा विवाद थियो ।

आज बिहान उनीहरूबीच पुनः विवाद भएको थियो । विवाद बढ्दै गएपछि दुई पक्षबीच कुटाकुट भएको थियो । जसमा गोलीसमेत चलेको बताइएको छ । घटनाको प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया