

पश्चिमी वायुको प्रभाव कायमै, मेघगर्जन र चट्याङसहित वर्षाकाे सम्भावना

काठमाडौं – नेपालमा अझै पनि पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले बताएका छन् । प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केहि स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको मौसमविदले जानकारी दिएका छन् ।
आज (बिहीबार) प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।
शुक्रबार प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदलीको रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
शनिबार देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक – दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

