
एमाले बागमतीका उम्मेदवारको संशोधित अन्तिम नामावली पुनः प्रकाशित
काठमाडौँ – नेकपा एमाले बागमती प्रदेश कमिटीले नयाँ नेतृत्वका लागि उम्मेदवारहरुको संशोधित अन्तिम नामावली पुनः प्रकाशित गरेको छ ।
बिहीबारको मितिमा शुक्रबार बिहान प्रकाशित अन्तिम नामावली भनिए पनि मतदान सुरु हुनुभन्दा केही समय अघि उम्मेदवारहरुको संशोधित अन्तिम नामावली बुधबारकै मितिमा प्रकाशित गरिएको हो ।
उम्मेदवारहरुको शंशोधित अन्तिम नामावलीमा पदाधिकारीमा कुनै परिवर्तन नभएपनि सदस्यहरुमा दोहोरिएका नाम हटाएर पुनः प्रकाशन गरिएको निर्वाचन मण्डलले जनाएको छ ।
एमाले बागमतीको अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलमात्र प्रतिस्पर्धामा उत्रेका छन् । त्यसैगरी एक उपाध्यक्ष पदका लागि ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला गरी चारजना मैदानमा छन् ।
प्रदेश सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच चुनाव हुने भएको छ । दुई उपसचिवका लागि १० जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।



कागजपत्र |
