कुशल मल्ल चम्किँदै, १९ बलमा बनाए अर्धशतक


हाङझाउ– १९औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा मंगोलियाविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेकोछ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको विस्फोटक अर्धशतकका साथ १० ओभरमा १२२ रन बनाइसकेको छ ।

नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले ब्याटिङ गरिरहेका छन् । कुशल ६३ रन बनाएर खेलिरहेका छन् भने कप्तान राेहित पाैडेल ९ रन बनाएर खेलिरहेका छन् ।

प्रतिक्रिया