


भारतको चमोली ऋषिगंगा बाँध फुट्दा वेपत्ता भएकामा ११ नेपाली, नामसूची हेर्नुहोस्

काठमाडौं– भारतको उत्तराखण्ड चमोली ऋषिगंगा बाँध फुट्दा हराइरहेका २ सय ४ जना मध्ये ११ जना नेपाली परेका छन्। कतिपयको ज्यान गएको थियो।
वेपत्ताको सूचीमा ११ जना नेपाली कामदार समेत रहेको स्थानीय प्रशासनलाई उदृत गर्दै भारतीय अखबार अमर उजालाले जनाएको छ।
जानकारी अनुसार नेपालका छेडु डाँगरा, श्याम चौधरी, विष्णु मल, रमेश, अंग नेपाली, बुद्धेश सिंह, देवीलाल सिंह, हरिभक्त, शेरसिंह, हरिबहादुर सिंह रहेको खुलाइएको छ।
उनीहरू नेपालका कुन ठाउँका हुन् भन्नेचाहिँ खुलीसकेको छैन।

