पूर्वमन्त्री श्रेष्ठ अकुत आर्जनमा भ्रष्टाचारी ठहर


काठमाडौं – विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठसहित ३ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका सदस्य यमुना भट्टराई र खुशीप्रसाद थारुको संयुक्त इजलासले उनलाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्र्वमन्त्री श्रेष्ठकले गैरकानुनी रुपमा अकुत सम्पति कमाएको भन्दै दायर गरेको मुद्धामा दोषी ठहर भएका हुन् । उनले ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको भन्दै आयोले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो ।

उनी नेपाल सरकारको पूर्वसचिवसमेत रहेका श्रेष्ठ खिलराज रेग्मी नेतृत्वको सरकारमा मन्त्री थिए ।

 

प्रतिक्रिया