

महानगरका ८९ विद्यालयमा खटिए नगरप्रहरी, पठनपाठन नभएका विद्यालयहरूलाई कारबाही गरिने

काठमाडौं – काठमाडौं महानगरपालिकाको नगर प्रहरीले शिक्षक आन्दोलनबाट महानगरभित्रका विद्यालयमा परेको प्रभावबारे अनुगमन थालेको छ ।
महानगरप्रमुख बालेन्द्र शाहको निर्देशनमा नगरप्रहरी परिचालित भएको र ८९ वटा सामुदायिक विद्यालयमा आजै पुगेर अनुगमन गरिने नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए ।
नियमित पठनपाठन नभएका विद्यालयहरूलाई महानगरको शिक्षा विभागले कारबाही गर्ने उनको भनाइ छ ।
महानगर प्रमुख शाहले विद्यालय बन्द गरेर आन्दोलनमा जाने प्रधानाध्यापक र शिक्षकलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

