अन्तिम पेसी भनेर तोकिएको सन्दीपको मुद्दा न्यायाधीश अभावका कारण स्थगित


काठमाडौं – अन्तिम सुनुवाई भनेर तोकिएको क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दा स्थगितको सूचीमा परेको छ ।

तीजका कारण पर्याप्तमात्रामा न्यायाधीश नभएको भन्दै लामिछानेको मुद्दा स्थगितको सूचीमा परेको हो । यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँसराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट बसाइसराई गर्दा पेश गरिएको कागजात माग गरेको थियो ।

आमाको उमेरमा विवाद देखिएपछि त्यसलाई पुष्टि गर्न आमाको जन्म मिति यकिन हुने गरी कागजात समेत माग गरेको थियो । स्थानीय तहबाट कागजात आएपछि असोज १ गतेका लागि अन्तिम सुनुवाइ भन्दै पेशी तोकिएको थियो ।

३५ न्यायाधीशको दरबन्दी रहेको काठमाडौं जिल्ला अदालतमा सोमबार १६ न्यायाधीश मात्रै उपस्थित रहेकोमा गोला तान्दा सन्दीपको मुद्दा रहेको फाँटको गोला नपरेपछि स्थगितको सूचीमा परेको श्रेष्तेदार कौशलेश्वर ज्ञवालीले जनाए ।

प्रतिक्रिया