गैरीगाउँ हत्या प्रकरण : आरोपित पक्राउ, चारै जनाको हत्या एउटै व्यक्तिबाट भएको निष्कर्ष


काठमाडौं – काठमाडौंको गैरीगाउँमा शुक्रबार राति भएको चार जनाको विभत्स हत्या एउटै व्यक्तिले गरेको प्रहरीले निष्कर्ष निकालेको छ । हत्यामा संलग्न आरोपमा आइतबार पक्राउ परेका व्यक्तिले नै सबैको हत्या गरेको निचोडमा प्रहरी पुगेको हो ।

पक्राउ गरेकासँग थप सोधपुछको भइरहेकाले पूरा विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन । तर, उनलाई सीसीटीभी फुटेजमा देखिएको आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

गैरीगाउँको दिव्य स: मिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राईको हत्या भएको थियो ।

उनीहरुको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । हत्यामा प्रयोग भएको हतियार यसअघि नै प्रहरीले बरामद गरिसकेको छ । घटनाबारे जानकारी दिन प्रहरी कार्यालय पुगेका मोरङका दीपेन्द्र राईलाई प्रहरीले नियन्णमा लिएर सोधपुछ गरेको हो । तर उनको संलग्नता अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ । उनी पनि शरीरमा रगत लागेको अवस्थामा प्रहरी कार्यालय पुगेका थिए ।

प्रतिक्रिया