चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु


भरतपुर – चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् ।

शनिबार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए  ।

उनले महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने बताए ।

प्रतिक्रिया