

नयाँ एसपी आएसँगै कास्कीमा घुमुवा खारेज
विशेष सूचना संकलनका लागि मात्र सादा पोशाकमा प्रहरी खटाइने

कास्की – जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्लामा घुमुवा खारेज गरेको छ । यसअघिसम्म घुमुवा रहेकोमा भर्खरै सरुवा भएर कास्की पुगेका प्रहरी उपरीक्षक (एसपी) मोहन थापाले घुमुवा खारेज गरेका हुन्।
‘प्रहरी कर्मचारी (सादा पोशाक) परिचालन कार्य निर्देशन—२०७९’ जारी भएर लागू भइसकेपछि घुमुवाको अवधारणा स्वतः खारेज भएकोले अब उप्रान्त कुनै पनि प्रहरी कर्मचारीलाई कार्य निर्देशन विपरीत घुमुवाको रुपमा नखटाउने कास्की प्रहरीले निर्णय गरेको छ।
कुनै पनि अनुसन्धान तथा नियन्त्रण गर्नको लागि विशेष सूचना संकलन गर्नका लागि मात्र सादा पोशाकमा खटाउने पनि कास्की प्रहरीले जनाएको छ।

