

सडकमा घाइते भएकालाई प्रदेश २ प्रमुख अहिराजले आफ्नै गाडीमा राखेर अस्पताल पुराए

काठमाडौं– प्रदेश–२ का नवनियुक्त प्रमुख डा. राजेश झा (अहिराज)ले सवारीको ठक्करबाट घाइते भई सडकमा छटपटाइरहेका नागरिकलाई अस्पताल पुराएका छन्।
जनकपुरबाट बारा जाने क्रममा सडकमा त्यसरी घाइते भएका नागरिकलाई उद्दार गरी अहिराजले अस्पतालमा उपचारका लागि पुराएका हुन्।
मंगलबार डा. अहिराज काम विशेषले बारा जाँदै थिए। कोही पनि नागरिकले दुख नपाउन् र समयमा उपचार पाउन् भनेर अस्पताल पुराएको उनको भनाई छ। उनले ठक्कर दिने सवारी साधनको खोजीनीति गर्नका लागि आग्रह पनि गरेका छन्।

