रामेछापको सुनापतिमा बस दुर्घटना


रामेछाप – सुतापति गाउँपालिका–३ देउसी चौतारोमा बुधबार बिहान भएको बस दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् ।

रामेछापकै दोरम्बा शसैलुङ गाउँपालिका–५ रजमनटारबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा परेकोको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई उपचारको लागि काठमाडौँ पठाइएको सुनापति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चिनीमाया बलले बताए ।

बा ३ ख ५९६० नं को सो बस सडक किनारमा पल्टिएको छ । बसमा २५ बढी यात्री सवार थिए । गम्भीर बिरामीलाई एम्बुलेन्समा पठाइएको र अन्य बिरामीलाई गाउँपालिकाको गाडीमा पठाउने तयारी भइरहेको बलले जानकारी दिए ।

प्रतिक्रिया