निफ्राको शेयरमा उल्टो यात्रा, पहिलोपटक नकारात्मक सर्किट


काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को उल्टो यात्रा सुरु भएको छ ।

कारोबार सुरु भएदेखि लगातार रुपमा सकारात्मक सर्किटका साथ बढेको निफ्राको शेयर मंगलबार १० प्रतिशतले घट्दै नकारात्मक सर्किट लागेको छ ।

मंगलबार कारोबार हुनासाथ ७२६ सम्म कारोबार भएको निफ्राको शेयर कारोबार सुरु भएको आधा घन्टामै १० प्रतिशतले घटेको छ ।

सोमबारसम्म बिक्रेताको संख्या शुन्य हुने निफ्रामा मंगलबार क्रेतामा शुन्य संख्या देखिएको छ । ताजा अवस्थामा निफ्राको साढे ६ लाख भन्दा बढी शेयर कित्ता बिक्रीमा देखिएको छ ।

 

प्रतिक्रिया