

स्पेनिस ला लिगामा क्याडिज र बार्सिलोना बराबरी

लन्डन – बार्सिलोना स्पेनिस ला लिगामा क्याडिजसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोना क्याडिजबिरुद्ध आफ्नै घरेलु मैदानमा १–१ गोलको बराबरीमा रोकिएको हो ।
पहिलो हाफमा लियोनल मेसीको गोलको मद्दतमा बासिलोनाले अग्रता बनाएको थियो । अधिकांश समय बल आफ्नो पकडमा राखेको बासिलोनाले अन्तिम समयमा धैर्य राख्न नसक्दा क्याडिजविरुद्धको खेलमा अंक बाँड्न बाध्य भएको हो ।
खेलको ३२औं मिनटमा मेसीले गरेको पेनाल्टी गोलमा बार्सिलोनाले खेलमा अग्रता कायम गरेको थियो । तर, खेल सकिन एक मिनेट मात्र बाँकि रहँदा क्याडिजले पेनाल्टीको अवसर पायो ।
उक्त पेनाल्टीको अवसरलाई एलेक्स फर्नान्डेजले गोलमा परिणत गर्दा बार्सिलोनाले खेलमा स्पष्ट तीन अंक जोड्ने मौका खेर फालेको थियो । बराबरीसँगै बार्सिलोनाले २३ खेलमा ४७ अंक जोडेको छ । यता, क्याडिजको भने २४ खेलमा २५ अंक जोडेको छ । एजेन्सी

