मोरोक्कोमा शक्तिशाली भूकम्प, २९६ जनाकाे मृत्यु


लन्डन – अफ्रिकी देश मोरोक्कोमा एका विहानै शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पका कारण त्यहाँ अहिलेसम्म २९६ जनाभन्दा बढीको मृत्यु भएको छ ।

अन्तराष्ट्रिय समाचार संस्थाका अनुसार सो भुकम्पमा परी १५३ जना गम्भीर घाइते भएका छन् ।

भूकम्पको तीव्रता ६ दशमलव ८ रहेको बताइएको छ । भग्नावशेषबाट मानिसलाई निकाल्न उद्दार कार्य भइरहेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । थप बिवरण अाउन बाँकी छ ।

प्रतिक्रिया