

राष्ट्रपति पौडेल पाटनको कृष्ण मन्दिरमा

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज पाटनस्थित कृष्ण मन्दिर पुगेर भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेका छन् ।
प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ । सो अवसरमा राष्ट्रपति पौडेलले मन्दिरका पुजारीबाट फूल एवं प्रसाद ग्रहण गरेका छन् ।
१७औं शताब्दीमा राजा सिद्धिनरसिंह मल्लका पालामा निर्माण भएको उक्त मन्दिर गोरखा भूकम्पबाट आंशिक क्षति पुगेकामा हालै मर्मतसम्भार गरिएको हो ।
पाटन कृष्ण मन्दीरमा आज बिहानैदेखी भक्तजनको घुइचो लागेको थियो । आज पाटन लगायत देश भरकै कुष्ण मन्दीरमा कृष्णको पुजाआजा गरी श्रीकृष्ण जन्माष्टमी मनाइरको छन् । सय अवसरमा सरकारले सर्वजनिक विदा दिएको छ ।

