
फर्कियो नेपाली टिम, विमानस्थलमा भव्य स्वागत
काठमाडौं – एसिया कप क्रिकेटमा सहभागी भएर नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ ।
स्वदेश फर्किएका खेलाडीहरुलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट घर फर्केको हो ।
नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगिएको थियो । ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो । नेपाल क्रिकेट संघका पदाधिकारी तथा क्रिकेट समर्थकले टिमलाई स्वागत गरेका हुन् ।
तर पनि समूह चरणमा भारत र पाकिस्तानविरुद्ध निडर र साहसिक प्रदर्शन गरेको भन्दै क्रिकेट समर्थकहरु टोलीलाई स्वागत गर्न विमानस्थल पुगेका थिए ।



कागजपत्र |
