एसिया कप क्रिकेट : भारतले १७ रन जोडेपछि वर्षाले रोक्यो खेल


काठमाडाैं – भारतले २३१ रनको लक्ष्य पछ्याउने क्रममा १७ रन जोडेपछि वर्षाले खेल रोकिएको छ ।

एसिया कपअन्तर्गत समूह ‘ए’को निर्णायक खेलमा २.१ ओभरमा भारतका लागि ओपनर शुभमन गिलले १२ र रोहित शर्माले ४ रन बनाएर खेलिरहेका छन् । नेपाली बलर करण केसी र सोमपाल कामीले तीन–तीन चौका खाएका छन् ।

यसअघि नेपालको पारीमा पनि पटकपटक खेल वर्षाले रोकेको थियो ।

प्रतिक्रिया