एसिया कप हेर्न २ बजेपछि जनकपुर बिदा


जनकपुर – एसिया कप क्रिकेट हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि बिदा दिएको छ।

वरिष्ठ उपसचिव मेहीलाल यादवले सूचना निकालेर बुधबार दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द गर्न भनेका छन्।

आजदेखि सुरू हुने एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र पाकिस्तानबीच खेल हुँदैछ ।

371143170_608971484728499_6945828988191967525_n-1693381505.jpg

प्रतिक्रिया