सुनको मूल्यमा निरन्तर वृद्धि


काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ११ हजार सात सय रुपैयाँमा कारोबार भएकोमा आज ८ सय रुपैयाँले बढेको हो ।

मंगलबार पनि सुनको मूल्य ६ सय रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४८५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया