एमाले सचिवालय बैठक आजदेखि सिराहामा बस्ने, यस्तो छ सिरहा बस्नुको कारण 


काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक आजवाट सुरु हुदैँछ ।

धनगढी नगरपालिका–१४ सिरहास्थित चौथौं महाधिवेशनस्थलमा सचिवालय बैठक बस्न लागेको हो ।

गत भदौ ९ बाट सुरु हुने भनिए पनि मौसमका कारण स्थगित भएको सचिवालय बैठक आजबाट सुरु हुन लागेको हो ।

‘भौगलिक बिकटता र मौसमका कारण गत ९ गते हुने भनिएको बैठक सम्भवः नभए पनि १३ गतेबाट सचिवालय बैठक सुरु हुनेछ,’ एमालेका उपमहासचिव तथा मधेस इन्चार्ज योगेश भट्टराईले भने । उनका अनुसार बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरुलगायत पदाधिकारी, लेखा र अनुशाषन बिभागका प्रमुखहरु पनि सो बैठकमा सहभागी हुन पुग्दैछन ।

एमालेले सो स्थानलाई ‘कम्युनिष्ट अान्दाेलनकाे ऐतिहासिक स्थल” मानेकाले सिरहालाई बैठक स्थल चयन गरिएको भट्टराईले जानकारी दिए । ‘तत्कालिन नेकपा मालेको चौथों महाधिवेशन भएको स्थलमा मात्रै होइन, यही स्थलमा भएको महाधिवेसनवाट जननेता मदन भण्डारीलाई पार्टी महासचिव चयन हुनु भएकाे थियो,’ भट्टराईले भने, ‘सोही महाधिवेशनले जनताको बहुदलीय जनवादको दिशामा पार्टीलाई लैजाने निर्णय गर्नुका साथै पञ्चायतबिरुद्ध बाममोर्चा निमार्ण गरेर कांग्रेससहित जनआन्दोलन गर्ने नीति पनि यहीवाट पारित गरेकाले यस स्थलको ऐतिहासिक महत्व रहेको छ ।’

उनका अनुसार उक्त महाधिवेशनमा ९५ जना प्रतिनिधि सहभागी थिए भने महासचिवमा भण्डारीलाई चयन गर्दै २० सदस्यीय केन्द्रिय कमिटी निर्माण गरेको थियो ।

प्रतिक्रिया