साताको पहिलो दिन सुनको मूल्य प्रतितोला ८ सय रुपैँयाले बढ्यो


काठमाडौँ – साताको पहिलो दिन नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ८ सय रुपैँयाले बढेको छ।

गत साताको शुक्रबार ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार ८ सय रुपैयाँले बढेर ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुनको मूल्य तोलामा पनि ८ सय रुपैयाँले बढेर ८८ हजार५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया