बालिकाको मृत्युपछि गुल्मी अस्पतालका डाक्टरमाथि कुटपिट, अत्यावश्यक बाहेकका सेवा बन्द


गुल्मी – उपचारमा लापर्वाही भएका कारण बालिकाको मृत्यु भएको भन्दै आफन्तले चिकित्सकमाथि कुटपिट गरेपछि गुल्मी अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द भएको छ ।

मंगलबार बिहान छत्रदेव गाउँपालिका–७ कि ७ वर्षकी बालिका प्रशंसा मरासिनीको मृत्यु भएपछि एक समूहले अस्पताल प्रमुख डा। राजेन्द्र जिसीमाथि कुटपिट गरेको थियो । बिरामीका आफन्तले उपचारमा लापरबाही भएको भन्दै प्रदर्शन गरेका थिए ।

बिरामीको जीवनरक्षाका लागि २४ सै घण्टा उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्नुको साटो अपमानजनक व्यवहार स्वासथ्यकर्मीहरुले उल्लेख गरेका छ्न् ।

गुल्मी अस्पतालमा उपचारत बालिकाको मृत्यु भएपछि अस्पतालमा तनावग्रस्त भएको छ । बालिकाको मृत्यु पश्चात उत्पन्न समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको कार्यकक्षमा अस्पताल प्रशासन, पीडितका आफन्तबीच छलफल भइरहेको छ

प्रतिक्रिया