कलाकार सानु ताम्राकारको पशुपति आर्यघाटमा अन्त्येष्टि


काठमाडौँ – शनिबार निधन भएका कलाकार सानु ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको लागि पशुपति आर्यघाटमा केही घण्टा राखिएको थियो ।

ताम्राकारको पार्थिव शरीरलाई कलाकार, आफन्त र शुभेच्छुकले लगायतले श्रद्धाञ्जली दिए ।

कलाकार संघका पूर्वकार्यवाहक अध्यक्ष समेत रहेका ताम्राकारको श्रद्धाञ्जली र दाहसंस्कारको संयोजन कलाकार संघले गरेको थियो ।

७४ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएका ताम्राकार २८ दिनदेखि उपचाररत थिए । गत असार २१ गते छोरा तथा अभिनेता सारुकको निधन भएपछि उनी पुत्र वियोगमा बिरामी परेका थिए ।

प्रतिक्रिया