संसदीय सुनुवाइ समितिको सभापति राप्रपालाई दिने गठबन्धनकाे निर्णय


काठमाडौं – सत्ता गठबन्धनले एउटा संसदीय सुनुवाइ समितिको सभापति राप्रपालाई दिने निर्णय गरेको छ ।

राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य बुद्धिमान तामाङका अनुसार एउटा संसदीय समितिको सभापति राप्रपालाई दिने सहमति भएको हो ।

समितिमा राप्रपाबाट राणाको एकल उपस्थिति रहेको छ ।

सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेबीच भागबण्डा हुँदा उक्त समिति कांग्रेसको भागमा परेको थियो ।

प्रतिक्रिया