सोनी र लक्ष्मणलाई ‘पहिलो लिगलिगे साईकल दौड २०२१’ को उपाधि


गोरखा -सोनी गुरुङ र लक्ष्मण मल्लले लिगलिगे साइकल दौडको खुलातर्फको उपाधि जितेका छन् । धादिङकी सोनीले महिलातर्फ १३औं सागको स्वर्ण विजेता खेलाडी लक्ष्मी मगरलाई पछि पार्दै उपाधि जितेकी हुन् ।

उनले पहिलो स्थानका लागि २ घण्टा ५६ मिनेट ७ सेकेन्टको समय खर्चर निर्धारित ५२.९ किलोमिटरको दूरी पार गरेकी थिइन् । दोश्रो स्थानमा रहेकी नुवाकोटकी लक्ष्मीले ३ घण्टा २ मिनेट ९ सेकेन्टमा दूरी पार गरिन् । गोरखाकी उषा खनालले ३ घण्टा ९ मिनेट २ सेकेन्टमा निर्धारित दुरी पार गदै तेश्रो स्थान हाँसिल गरिन् ।

उषा गण्डकी प्रदेशस्तरीय साइकल दौडमा भने महिलातर्फको उपाधि जित्न सफल भइन्। गण्डकी प्रदेशस्तरीय महिलाको उपविजेता लमजुङकी केशरीथापा मगर हुदा कास्कीकी जमुना थापा तृतीय भइन् । त्यसैगरि पुरुष खुलातर्फको उपाधि विजेता धादिङका लक्ष्मणले २ घण्टा २२ मिनेट ५५ सेकेन्टको समय खर्चर निर्धारित ५२.९ किलोमिटरको दूरी पार गरे ।

दोश्रो स्थानमा रहेका कन्चनपुरका हिमाल टमटाले २ घण्टा ३१ मिनेट ३५ सेकेन्डमा दूरी पार गर्दा तेश्रो स्थानमा रहेका ललिपुरका ओकेश बज्रचार्यले निर्धारित दुरी पार गर्न २ घण्टा ३६ मिनेट ५६ सकेन्टको समय खर्चेका थिए । पालुङटार नगरपालिका र पर्यटन बोर्डको प्रायोजनमा सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय साइकल दौडको पुरुष इभेन्टमा कास्कीका सन्दिप सुन्डौली पहिलो, गोरखाका लेखप्रसाद भट्ट दोश्रो र पालुङटारका शिव श्रेष्ठ तृतीय भए ।

शिवले पालुङटारस्तरीय साइकल दौडको उपाधि भने जित्न सफल भए । बिजेताले जनही २५ हजार उपविजेताले जनही २० हजार र तृतीय हुनेले जनही नगद १५ हजार प्राप्त गरे । साथै दुवै समूहका १० औ स्थान सम्म हाँसिल गर्ने खेलाडी पनि नगद पुरस्कारले सम्मानित भए ।

प्रतिक्रिया