

पार्टीको युवा सङ्गठन भेलामा माधव–झलनाथ नजाने

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)को भातृ सङ्गठन युवा संघ नेपाल भित्रको विवाद उत्कर्षमा पुगेको छ ।
शनिबार काठमाडौँका दुई फरक फरक स्थानमा दुई गुटले बोलाएको भेलामा पार्टी अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल संवोधनका लागि नजाने भएका छन् ।
सङ्गठनका अध्यक्ष नरेश शाहीको गुटले काठमाडौँको कालोपुलमा भेला गरिरहेको छ भने उपाध्यक्ष नितेश पौडेलले बानेश्वरको अर्याल होटेलमा भेला गरिरहेका छन् ।
लामो समयदेखि आन्तरिक विवादमा रहेको युवा सङ्घ नेपालभित्र भुसको आगोको रूपमा फैलिएको विवाद मिलाउन पार्टी सचिवालयलाई दिइए पनि सचिवालयले मिलाउन सकेको थिएन ।

