सन्दीपको मुद्दाको पेशी आइतबार


काठमाडौं – सन्दीप लामिछानेमाथिको मुद्दामा अर्को पेशी आउँदो आइतबारलाई तोकिएको छ । काठमाडौं जिल्ला अदालतमा गत ३२ साउनमा तोकिएको पेसी बिना सुनवाइ स्थगित भएको थियो ।

जिल्ला अदालतका न्यायाधीस राजुकुमार खतिवडाको इजलासले जाहेरीकर्ता गौशाला-२६ कि आमाको दोहोरो जन्ममिति देखिएको भन्दै त्यसलाई स्पष्ट पार्ने कागजात मगाएको थियो । ती कागजात प्राप्त भइसकेको अदालत स्रोतले बताएको छ ।

आइतबार पेसी तोकिएको भए पनि सुनवाइको रोलक्रम निर्धारण भइसकेको छैन । यदि प्राथमिकतामा परेको खण्डमा आइतबार नै सुनवाइ भएर एक–दुई दिनमा नै फैसला आउने अपेक्षा छ ।

नेपाली टिम एसिया कपका लागि पाकिस्तान गइसके पनि उनी मुद्दाका कारण नेपालमै छन् । यदि आइतबारको पेशी स्थगित भयो भने एसिया कपमा सन्दीपको उपस्थिति नहुने सम्भावना पनि रहन्छ ।

 

प्रतिक्रिया