

ललितपुर उद्योग वाणिज्य संघ अध्यक्षमा बज्राचार्यको उम्मेदवारी घोषणा, बरिष्ठ उपाध्यक्षमा वीरेन्द्रलाल श्रेष्ठ

ललितपुर – ललितपुर उद्योग वाणिज्य संघको आसन्न ४४औं साधारण सभा तथा अधिवेशनमा हुने संघको निर्वाचनको लागि संघको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष, युवाउद्यमी विश्व राज बज्राचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
बज्राचार्यले एक कार्यकाल कार्यसमिति सदस्य र एक कार्यकाल वाणिज्य उपाध्यक्षको जिम्मेवारी सफतलाका साथ पूरा गरिसकेका छन् ।
सोसल ईन्टरप्रेनरको रुपमा पनि परिचित बज्राचार्य ब्यवसायीक नेतृत्व विकास र ब्यवसायिक ईमान्दारितालाई आफ्नो मुख्य ऐजेण्डा बनाएर अघि बढेका छन् । उनले राज्य ब्यवस्थाले कायम गरेका नीति नियम, कानूनी प्रावधानलाई लागू तथा सुधार गर्दै ब्यवसायिक एकतामा समेत जोड दिएका छन् ।
बज्राचार्यले वर्तमान कार्यसमितिले सुरु गरेका कार्यलाई निरन्तरता दिने प्रतिवद्धता पनि ब्यक्त गरेका छन् ।
त्यस्तै वर्तमान संस्थागत उपाध्यक्ष तथा ललितपुरका सफल ब्यवसायी वीरेन्द्रलाल श्रेष्ठले बज्राचार्यको समूहबाट संघको वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । श्रेष्ठले कार्य समिति संस्थागत सदस्य हुँदै अहिले संस्थागत उपाध्यक्षको जिम्मेवारीको दोस्रो कार्यकालको जिम्मेवारी वहन गरिरहेका छन् ।
संघको आउँदो असोज महिनाको १९ गते ललितपुरको शंखमुलस्थित यल दरवारमा साधारण सभा र २० गते स्टाफ कलेज, जावलाखेलमा निर्वाचन हुने कार्यक्रम रहेको छ ।

