विश्वासको मत लिने वातावरणमा एमालेले भाँजो हाल्यो : इन्द्र आङ्बो


विराटनगर – कोशी प्रदेशसभा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले विश्वासको मत लिने वातावरणमा एमालेले भाँजो हालेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

उनले एमालेले संसद् विघटन गरेजस्तो आफ्नो गठबन्धनले नगर्ने तर विश्वासको मत लिने वातावरणमा एमालेले भाँजो हालेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।

संसदभित्रबाट बकाइदा विश्वासको मत लिने र संसद् विघटन गर्न नखोजिएको बताउँदै उनले सांसदहरुलाई रातारात बिरामी बनाएर किन दुःख दिएकोरु भन्दै प्रश्न गरे।

‘आफू नेतृत्वमा हुँदा सहमतीय सरकार चाहिने। अरूको नेतृत्वमा बहुमत हुने बेलामा गंगालाल अस्पतालमा लगेर सांसदलाई सुताइदिनेरु उनले प्रश्न गर्दै भने, ‘यो विचित्रको प्रदर्शन प्रदेशसभामा किन गरिरहेका छौं।’

कोशीका मुख्यमन्त्री उद्धव थापाले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् । गठबन्धन दलले बहुमतका लागि सभामुखलाई राजीनामा गराएर मन्त्रीमा नियुक्त गरेपछि सभा सञ्चालनको जिम्मा उपसभामुखको रहेकामा उपसभामुख सृजना दनुवार आजै स्वास्थ्यमा अचनाक समस्या आएको भन्दै बिदामा बसेका छन् ।

 

 

प्रतिक्रिया