प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्धका उजुरीकर्तासँग सुनुवाइ समितिमा छलफल


काठमाडौं – प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिएका व्यक्तिहरूसँग संसदीय सुनुवाइ समितिमा छलफल भइरहेको छ ।

सिंहदरबारस्थित समितिको सभाकक्षमा छलफल गरिएको हो ।

श्रेष्ठविरुद्ध इमेलबाट तीन उजुरी परेका छन् । आइतबार समितिको बैठकमा उनीविरुद्धका उजुरी खोलिएको थियो ।

उजुरीकर्तासित छलफलपछि आजै प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठसँग छलफल गर्ने समय तोकिएको छ ।

गएको साउन २४ गते समितिले उनीविरुद्ध उजुरी आह्वान गरेको थियो ।

 

प्रतिक्रिया