राष्ट्रपति पाैडेल पुगे ‘फलोअप’का लागि अस्पताल, परिक्षणपछि फर्किए शितलनिवास


काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण गरिएको छ ।

राष्ट्रपति पौडेलले आइतबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा स्वास्थ्य परीक्षण गराएपछि शितलनिवास फर्किसकेका छन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति पौडेल स्वास्थ्य परीक्षण गरी शितल निवास फर्किइसकेको जानकारी दिए।

‘उहाँ फलोअपका लागि जानुभएको थियो, फर्किसक्नुभयो,’ उनले भने। राष्ट्रपति पौडेलले मुटु परीक्षण गरेका हुन्।

राष्ट्रपति पौडेल गत असार २ गते सेन्टरमा भर्ना भई असार १३ गते डिस्चार्ज भएका थिए। राष्ट्रपति पौडेलको मुटुको धड्कन अस्थिर भएपछि त्यसबेला अस्पताल भर्ना गरिएको थियो।

राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया गरी पेसमेकरसमेत राखिएको थियो।

 

प्रतिक्रिया