

रास्वपा नेतृत्वमा पुगे औँलामा गन्न सकिने बाहेकका नेता जेलमा हुनेछन् : रवि लामिछाने

इलाम – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको निष्पक्ष छानबिन गर्ने तागत आफ्नो पार्टीसँग मात्र भएको दावी गरेका छन् । इलामको फिक्कल बजारमा आयोजित पार्टीको खुला जनसभालाई सम्बोधन गर्दै उनले रास्वपाले सरकारको नेतृत्व गरेको दिन औँलामा गन्न सकिने बाहेकका नेताहरू जेलको छिँडीमा सड्ने चेतावनी दिए ।
उनले भने‚ ुयदि रास्वपा सरकारको नेतृत्वमा पुग्यो भने देशको एयरपोर्टबाट भित्रिएका क्विन्टलका क्विन्टल सुन काण्ड, ललिता निवास प्रकरण जस्ता अनेक कान्डको छानबिन गर्नेछ र देशमा औँलामा गन्न सकिनेबाहेक नेता जेलको छिँडीमा सड्नेछन्।ु
उनले २०८४ सालमा हुने आम निर्वाचनमा इलामका जनताले रास्वपाका उम्मेदवारलाई जिताएर परिवर्तनको घण्टी बजाउनुपर्ने बताए । जनजीविकाका पक्षमा काम गर्न आएकाले एकपटक अवसर दिएर परीक्षा लिनसमेत उनले आग्रह गरे।
‘काम गर्न सकेनौँ भने यो क्षेत्र घण्टी निषेधित बनोस् । रास्वपाको उदयबाट आत्तिएकाहरुले रास्वपाको आलोचना, टीकाटिप्पणी र हमला गरिरहेको लामिछानेको आरोप छ। जति नै गाली गरे पनि खुद्रामा नभई थोकमा जवाफ दिने त्यसका लागि आम निर्वाचन पर्खन उनले उदयपुरका जनतालाई आग्रह गरे ।
कांग्रेस, एमाले र माओवादीहरुले गर्नसक्ने जति गरिसकेको लामिछानेको दावी छ। ‘उनीहरुको क्षमता यति नै हो अब केही गर्न सक्दैनन्।’

