
सत्ता र प्रमुख प्रतिपक्षीको आग्रहमा राष्ट्रिय सभा बैठक स्थगित
काठमाडौं – सत्तारुद दल र प्रमुख प्रतिपक्षी दलको आग्रहमा राष्ट्रिय सभा बैठकको निर्धारित समय परिवर्तन गरिएको छ । साउन ३१ गते बुधबार दिउँसो १ बजे बस्ने तय भएको बैठक आज (मंगलबार) सूचना निकालेर स्थगित गरिएको हो।
संघीय संसदका महासचिव भरतराज गौतमले सूचना निकालेर सत्ता र प्रमुख प्रतिपक्षी दलको आग्रहअनुसार बुधबारको बैठक स्थगित गरि भदौ ५ गते मंगलबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको जनाइएको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेले साउन २ गते बरामत गरिएको एक सय किलो सुन प्रकरणको छानविन गर्न उच्च स्तरिय समिती गठन गर्नुपर्ने माग गर्दै दुवै सदनको बैठक अवरुद्द गर्दै आएको छ ।



कागजपत्र |
