
विमानस्थल नजिकबाट बरामद सुन जोख्दै टक्सार महाशाखा
काठमाडाैं – नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले विमानस्थलबाट बरामद भएको ब्रेक शुभित्रको सुन जोख्ने तयारी गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महाशाखालाई पत्र लेखेसँगै सुन जोख्ने तयारी गरेको हो।
सुन जोख्नको लागि केहीबरमा ब्रेक शु रहेको बट्टा खोल्न लागेको महाशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिए। ‘खोल्न लागेका छौं। स्याम्पलको रूपमा लाइभ नै देखाउँछौं,’ उनले भने, ‘केहीबेरमा खोल्छौं।’
राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक शु बरामद गरेको थियो। उक्त सुन जोख्नको लागि विभागले महाशाखामा साउन ४ गते पठाएको थियो। तर अहिलेसम्म जोखिएको थिएन।



कागजपत्र |
